PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सरकारी कागजात किर्ते गरेको अभियोगमा डाक्टर हेल्थकेयरका सञ्चालक पक्राउ



पहिलोपोस्ट

सरकारी कागजात किर्ते गरेको अभियोगमा डाक्टर हेल्थकेयरका सञ्चालक पक्राउ

काठमाडौँ: सरकारी कार्यालय तथा विभिन्न संघसस्थाको कागजपत्र तथा छाप किर्ने गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले गत मंगलबार मकवानपुर हेटौँडा-१७  रातमाटे घर भएका २४ वर्षिय कविर श्रेष्ठ भनिने उदय थिङलाई पक्राउ गरेको हो।

श्रेष्ठको साथबाट प्रहरीले समाज कल्याण परिषद् लैनचौरको लेटर प्याड, उदय सिंह नाम गरेको व्यक्तिको नामको राष्ट्र संघको पर्यवेक्षक परिचयपत्र, परीक्षा नियन्त्रण कार्यालयको स्टाम्प लगायतका अन्य नक्कली कागजपत्र र छाप बरामत गरेको छ।

पक्राउ परेका थिङ कोटेश्वरमा संचालित डाक्टर हेल्थकेयर नाम मेडिकल पसल संचालक हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell