PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एमाले–माओवादी सांसदहरुलाई ओली र प्रचण्डले संयुक्त रुपमा प्रशिक्षण दिने



पहिलोपोस्ट

एमाले–माओवादी सांसदहरुलाई ओली र प्रचण्डले संयुक्त रुपमा प्रशिक्षण दिने

काठमाडौंः नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदहरुलाई दुबै पार्टीका अध्यक्षहरुले संयुक्त प्रशिक्षण दिने भएका छन्। 

नयाँ बानेश्वरस्थित संसद भवनमा शनिबार विहान ११ बजे दुबै दलका संसदहरुलार्इ एकैसाथ प्रशिक्षण दिने कार्यक्रम राखिएको छ। कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षण दिने  एमाले नेता सुवास चन्द्र नेम्वाङ्गले जानकारी दिए।

‘संसद बैठक सुरु हुनुअघि हाम्रो रणनीति र आगामी कार्यदिशाका विषयमा दुबै दलका सांसदहरुलाई सयुक्त रुपमा प्रशिक्षण दिइनेछ।’ नेता नेम्वाङ्गले पहिलोपोस्टलाई भने,‘दुबै पार्टीका अध्यक्ष ज्यूहरुले सम्बोधन गर्नुहुनेछ।’

एमाले र माओवादीको पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै उनले आगामी रणनीति तय गर्न र संसदमा प्रस्तुतीका विषयमा शीर्ष नेताले सांसदहरुलाई निर्देशन दिंदा सकारात्मक संदेश जाने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell