PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

मधेशमा होली मनाइँदै: मुख्यमन्त्री होली खेल्न वीरगंजमा

मधेशमा होली मनाइँदै: मुख्यमन्त्री होली खेल्न वीरगंजमा

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंजः तराई मधेसमा आज रंगहरुको पर्व होली धुमधामले मनाइदै छ। नेपालमा दुई दिन होली मनाउने चलन छ। हिजो पहाडमा होली मनाइएको थियो भने आज तराई मधेसमा होली मनाइदैछ।

एक आपसमा रंग,अबिर तथा खुशीयाली साटासाट गरी यो पर्व मनाउने गरिन्छ। दैत्यराज हिरण्य कश्यपले आफना छोरा प्रहलादलाई मार्न आगोले नछुने होलिकालाई लगाएका थिए।

आगोले नछुने वरदान पाएकी होेलिका जलेर भष्म भइन् तर भगवान विष्णुको आर्शिवादले प्रह्लाद बाचे। त्यसैको खुशीयालीमा यो पर्व मनाइन्छ।

वीरगंजमा होलीको रौनक बेग्लै

आर्थिक नगरी होलीको रौनक बेग्लै हुने गरेको छ। एक साता देखि वीरगंजका राजनीतिक दल तथा संघसंस्थाले होली मिलन कार्यक्रम आयोजना गर्दै खुशीयाली साटासाट गर्दै होली मनाएका थिए। आज विहान देखि वीरगंजको टोलटोलमा बालबालिका,युवा तथा वृद्धवृद्धाहरुले होली मनाइरहेका छन्।

होलीले गर्दा वीरगंजका टोलवस्ती उल्लासमय देखिएको छ। सडक तथा गाउँमा होली मनाउने युवकहरु झुण्ड बनाएर घरघरमा रंग र अबिर दल्दै घुमिरहेका छन्। वीरगंजको आदर्शनगर चोकमा एभीन्यूज टिभीले आयोजना गरेको होली विशेष कार्यक्रममा स्थानिय कलाकारले प्रस्तुती दिदै छन् भने वीरगंजेली युवाहरु रमाइरहेका छन्।

मुख्यमन्त्री पनि होली खेल्न वीरगंजमा

प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउत होली खेल्न वीरगंज आएका छन्। बिहीवार साझ ३ बजे उनी जनकपुरबाट वीरगंज आएका हुन्। पप्पु कन्शट्रक्शनले वीरगंजको पानी टंकीमा आयोजना गरेको होेली मिलन समारोहमा उनी सरिक हुदै यसपालीको होली उपलब्धी मुलुक होस र सबै मधेसी जनताको समृद्धिमा महत्व राखोस भन्ने धारणा राखेका थिए। मुख्यमन्त्रीसँग होली खेल्न फोरम राजपाका नेता तथा अन्य दलका नेताहरुको उपस्थिति थियो। 

वीरगंजको होलीको रौनक हेर्नु फोटोमा
 


ट्रेन्डिङ पोस्ट

Ncell