PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश ५ मा जनप्रतिनिधिको तलब: मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ४५ हजार!



चन्द्रकान्त खनाल

प्रदेश ५ मा जनप्रतिनिधिको तलब: मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ४५ हजार!

रुपन्देहीः प्रदेश ५ को  तिन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ। तयार गरेको प्रारम्भिक मस्यौदामा सेवासुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।

प्रदेश सांसदकोे पारिश्रमिक ४५ हजार हुने छ । मन्त्री तथा अन्यको दैनिक भत्ता ७ सय ५० र दैनिक भ्रमण भत्ता १ हजार ५ सय रुपैयाँ पाउने गरी तयार बनाएको छ। करिब एक साता लगाएर मस्यौदाको प्रारम्भिक खाका तयार गरेको हो। मुख्यमन्त्री कार्यालयका कानुन सचिव निर्मला अधिकारी भट्टराईले प्रदेशसभा जनप्रतिनिधिअन्तर्गत सदस्यदेखि मन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सुविधाबारे मस्यौदा अन्तिम चरणमा पुगेको बताइन।

केन्द्रले पठाएको प्रारम्भिक विधेयकमा आधारित रहेर यहाँको आवश्यकताअनुसार मस्यौदालाई अन्तिम रुप दिन लागेको उनको भनाइ छ। केन्द्र तथा अन्य प्रदेशले दिने सुविधा र पारिश्रमिकसँग बाझिन नदिन राय सल्लाह र परामर्श पनि लिइरहेका छौ अधिकारीले भनिन। मन्त्री देखि सांसद सबैलाई आवासबापत मासिक घरभाडा १२ हजार रुपैयाँ दिने गरी प्रस्ताव गरेको समेत उनले बताईन। संघले प्रदेशलाई पठाएको विधेयकमा उल्लेखित भएकै रकम हो।

मुख्यमन्त्रीले सवारी सुविधासहित इन्धन मासिक १ सय ५० लिटर, मोबिल ३ महिनामा १० लिटरमात्र छ । मासिक २ हजार सञ्चार खर्च छ। प्रारम्भिक मस्यौदामा उल्लेख भएअनुसार उनका लागि सरकारी आवास सुविधा उल्लेख हुनेछ। संघले केन्द्रलाई पठाएको विधेयकमा मन्त्रीको मासिक पारिश्रमिक ५२ हजार उल्लेख गरिएको छ । प्रदेशले तयार गरेको मस्यौदामा समेत त्यति नै रकम उल्लेख छ। 

उनीहरूलाई गाडी सुविधा उल्लेख छ । केन्द्रको विधेयकमा मन्त्रीका लागि सरकारी आवास सुविधा उल्लेख छैन। प्रदेश सरकारले भने सबै मन्त्रीका लागि आवास भैरहवामा रहेको भैरहवा व्यवस्थापन गरिरहेको छ। मस्यौदा प्रदेशसभा विधेयकका रुपमा छलफल गरिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए। प्रदेशसभाको बैठक २७ फागुनमा बस्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell