PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार धरौटी राख्नुपर्ने, निर्वाचन २१ गते



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार धरौटी राख्नुपर्ने, निर्वाचन २१ गते

काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ धरौटी तोकेको छ।
संसदीय दलको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले आज निर्वाचन कार्यक्रम प्रकाशित गरी संसदीय दलको नेताका लागि राख्नुपर्ने धरौटी तोकेको हो।
प्रतिनिधि सभामा सांसदहरुको दलको नेता चयनका लागि नेपाली कांग्रेसले २१ गते सिंहदरबारमा निर्वाचन हुने भएको छ।

दलको नेता चयनका लागि उम्मेदवारी दर्ता भने २० गते हुने संसदीय दल नेता चयन कार्यदलका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।

कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले संसदीय दलको नेता चयनका लागि श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे कार्यसमिति बनाएको थियो।

संसदीय दलमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए आफू संसदीय दलको नेता बन्ने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell