PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

'शत्रु गते' ट्रेलरमा चर्चित हास्यकलाकारको भिड



पहिलोपोस्ट

'शत्रु गते' ट्रेलरमा चर्चित हास्यकलाकारको भिड

काठमाडौं: फिल्म 'शत्रु गते'को ट्रेलर रिलिज भएको छ। फिल्मले युवापुस्ता केन्द्रित सामाजिक कथाको थिम बोल्ने ट्रेलरले प्रष्ट पार्छ। फिल्ममा चर्चामा रहेका हास्यकलाकारहरुको भिड रहेको छ। शीर्ष भूमिकामा रहेका पल शाह र आँचल शर्मा बाहेक अन्य स्थापित कलाकारहरु देखिएका छन्।

प्रदिप भट्टराईले फिल्म शत्रु गतेलाई निर्देशन गरेका हुन्। उनी महासंचारका लागि टेलिश्रृङ्खला एवं फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका छन्। फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्यालले संयुक्त लगानीमा निर्माण गरेका हुन्।

हरिवंश आचार्यको कथा रहेको फिल्ममा दीपकराज गिरी र प्रदिप भट्टराईले पटकथा लेखेका हुन्। संवाद लेखनमा पनि प्रदिप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन्।

कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौड्याल, पल शाह, प्रियङ्का कार्की, आँचल शर्मा, मोहितवंश आचार्य, किरण केसी, रवि शर्मा लगायतको अभिनय रहने जानकारी दिइएको छ।

आउँदो चैत ९ गते रिलिज हुने 'शत्रु गते' लाई दीर्घ गुरुङले खिचेका हुन्। फिल्मको गीति भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ भने संगीत राजनराज सिवाकोटीले दिनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell