PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

प्याराग्लाइडर खस्दा पोखरामा दुई घाइते



नरहरि पौड्याल

प्याराग्लाइडर खस्दा पोखरामा दुई घाइते
फाइल फोटो

पोखराः पोखराको खपौंदीमा प्याराग्लाइडर खस्दा २ जना घाइते भएका छन्। मौसममा खराबीसँगै चलेको हावाहुरीका कारण ल्यान्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाइडर भुईँमा झरेको थियो।

दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाइलट खहरेका ३४ वर्षीय राजबहादुर जिसी घाइते भएका छन्।

घाइते मध्ये जापानी नागरिकको सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् भने अर्का घाइतेको ढाडमा चोट लागेका कारण फेवा सिटी अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell