PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

बास्केटबल लिग : जेभिएर कलेजमाथि कीर्तिपुरको रोमाञ्चक जित



पहिलोपोस्ट

बास्केटबल लिग : जेभिएर कलेजमाथि कीर्तिपुरको रोमाञ्चक जित

काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा कीर्तिपुर बास्केटबल टिमले जेभिएर इन्टरनेशनल कलेजमाथि २ अंकको रोमाञ्चक जित हासिल गरेको छ। लिग अन्तर्गत शुक्रवार भएको एक मात्र खेलमा कीर्तिपुरले जेभिएरलाई ८५-८३ को स्कोरले पराजित गरेको हो।

खेलको चार क्वाटरपछि दुवै टोलीले समान ७४-७४ अंक स्कोर गरेपछि थप गरिएको ५ मिनेटमा ११-९ ले अगाडी रहदै कीर्तिपुरले जित हात पारेको हो।

घरेलु कोर्ट कालोपुलमा भएको खेलमा सुरुवाती ३ क्वाटरमा जेभिएरले अग्रता बनाएपनि अन्तिम क्वाटरमा कीर्तिपुरले पुनरागमन गर्दै आफ्नो पक्षमा पारेको थियो।

जेभिएरले पहिलो क्वाटरमा २२-१२ को अग्रता बनाएको थियो भने दोस्रो र तेस्रो क्वाटर समान १८-१७ ले आफ्नो पक्षमा पार्दै ५८-४६ को अग्रता कायम गरेको थियो। तर चौथो क्वाटरमा खेलमा फर्केको कीर्तिपुरले २८-१६ ले खेल आफ्नो पक्षमा पारेपछि निर्धारित खेल ७४-७४ को बराबरी भएको हो।

अपराजित रहदै ४ खेल जितेर १२ अंक जोडेको कीर्तिपुर दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell