PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

सांसदहरुलाई नेम्वाङको सुझाव : बैठकमा मुख च्यातेर 'हाई' नगर्नु होला



बीपी साह

सांसदहरुलाई नेम्वाङको सुझाव : बैठकमा मुख च्यातेर 'हाई' नगर्नु होला

काठमाडौं: एमाले नेता सुवास नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका छन्।
 
एमाले-माओवादीका सांसदहरुलाई प्रशिक्षण दिन नयाँ बानेश्वरस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा नेम्वाङले ठट्टा गर्दै भने, 'संसदमा मूख च्यातेर होइन, मुख छोपरे हाई गर्नुहोला। होइन भने पत्रिकामा छापिन्छ।'

प्रशिक्षण कार्यक्रममा उनले सांसदहरुलाई मोबाइल प्रयोग नगर्न सुझाएका छन्। त्यसैगरी शिष्ट भाषा प्रयोग गर्नसमेत सल्लाह दिएका छन्। संघीय संसदमा निर्वाचित सांसदहरुलाई संसदीय गतिविधिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दुबै पार्टीले संयुक्त रुपमा प्रशिक्षण सुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell