PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सांसदहरुलाई प्रधानमन्त्री ओलीले भने: नखाने कुरा नखानुस्, नजाने ठाउँमा नजानुस्, नगर्ने काम नर्गनुस्



बीपी साह

सांसदहरुलाई प्रधानमन्त्री ओलीले भने: नखाने कुरा नखानुस्, नजाने ठाउँमा नजानुस्, नगर्ने काम नर्गनुस्

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई तीन सुझाव दिएका छन् भने न्यायालय र व्यवस्थापिका सांसदको क्रियाकलापमाथि तीन प्रहार गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित एमाले–माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई बदनामीबाट जोगिन तीन सुझाव दिएका हुन्। 

सुझाव दिदै प्रधानमन्त्री ओलीले भने,‘नखाने कुरा नखानुस्, नजाने ठाउँमा नजानुस् र नगर्ने काम नगर्नुस्। बुझ्नु भयो होला।’

स्वार्थका लागि सांसदहरुका अगाडि पछाडि धेरै अवसरवादीहरु लाग्ने गरेकोले तीनहरुबाट जोगिन पनि ओलीले सुझाव दिए।

प्रशिक्षण कार्यक्रम मै प्रधानमन्त्री ओली न्यायालयमाथि समेत प्रहार गर्न भ्याए। ओलीले राष्ट्रिय सभामा मनोनित तीन जना सदस्यहरुको मामिलामा सर्वोच्च अदालतले चासो दिएकोप्रति आक्रमक रुपमा प्रस्तुत भए।

प्रधानमन्त्रीले भने, ‘यो अदालतले इन्टरटेन गर्ने विषय नै होइन। राष्ट्रिय सभा सदस्यहरुको नियुक्ती राष्ट्रपतिले संविधान अनुसार नै गर्नु भएको छ।’

‘राष्ट्रिय सभा सदस्य भइसकेका व्यक्तिहरु झटै रोकिनु भएको छ। तर रोकिन्न।’  प्रधानमन्त्री ओलीले भने, ‘हामीले गरेकै हुन्छ। उहाँहरु माननीय बन्नु नै हुनेछ।’

यसैगरी प्रधानमन्त्री ओलीले राजपाका नेता महेन्द्र राय यादवले शपथ ग्रहण गराउन लागेको भन्दै संसद सचिवालयमाथि प्रहार गरे। 
‘भाई महेन्द्र राय यादवले हामीलाई शपथ ग्रहण गराउने भए।’ ओलीले भने,‘यो जन्म मितिको पनि बबाल रहेछ। न्यायालयमा पनि जन्म मितिको विवाद, सडकमा पनि जन्म मितिको विवाद अव संसदमा पनि जन्म मितिको विवाद। म एक्लै रहेछु एकै पटक जन्मिने।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै तेस्रो प्रहार गरे। ‘देश लेस डेभेलोप कन्ट्रीमा परेको छ। ढुकुटी रित्तो छ।’ ओलीले भने, ‘हामीले देश विकासका लागि काम गर्दै छौं। उनीहरुले हामीलाई रोक्न खोज्दैछ। निर्वाचन भएपछि दुई अढाई महिना पछि नयाँ सरकार बन्यो। उनीहरुले हामीलाई रोक्न खोज्यो तर रोक्न सकेन। हामीले पनि बुझेका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell