PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

प्रशिक्षण कार्यक्रममा दुई वरिष्ठ नेता गयलः नेपाल तेक्वान्दो उद्घाटनमा, खनाल कला उत्सवमा



पहिलोपोस्ट

प्रशिक्षण कार्यक्रममा दुई वरिष्ठ नेता गयलः नेपाल तेक्वान्दो उद्घाटनमा, खनाल कला उत्सवमा
फोटो: दीपक श्रेष्ठको फेसबुकबाट

काठमाडौं: आज वाम गठबन्धनका सांसदहरुको सयुक्त प्रशिक्षण कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सम्पन्न भयो। 
उक्त कार्यक्रममा एमाले शीर्ष नेताद्वय झलनाथ खनाल र माधव नेपाल भने उपस्थिति भएनन्।

एकताको सँघारमा रहेका दुई दलमध्ये प्रमुख दलका शीर्ष नेताहरु कार्यक्रममा सहभागी नभएपछि दुई नेता किन सहभागी भएनन् भनी प्रश्न गर्न थालेका छन्।

किन सहभागी भएनन् प्रशिक्षणमा?

वरिष्ठ नेता माधव नेपाल हिजो नै रामेछाप र दोलखा यात्रामा निस्केकाले सहभागी हुन नपाएको जानकारी दिए। दोलखामा तीन नम्बर प्रदेश स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता उद्घाटनपछि लागि उनी आजै राजधानी फर्कदैछन्।

ययता अर्का वरिष्ठ नेता झलनाथ खनाल मकवानपुरको इन्द्र सरोवरमा कला उत्सव उद्घाटन गर्न हिजै पुगेका रहेछन्। खनाल पनि आजै राजधानी फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell