PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

कुमारीलाई महिला फुटसलको उपाधि



पहिलोपोस्ट

कुमारीलाई महिला फुटसलको उपाधि

काठमाडौं : आयोजक कुमारी फुटसलको प्रथम कुमारी महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

पक्नाजोलस्थित कुमारी फुटसलमा शनिबार भएको एकदिने प्रतियोगिताको फाइनलमा आयोजक कुमारी फुटसलले लेडी लायन्सलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो। कुमारी फुटसलको जितमा मनिषा थापामगरले दुई तथा प्रिति राईले एक गोल गरिन्। लेडी लायन्सका बिमला चौधरी र इन्दिरा राईले गोल गरिन्। कुमारीले २–० ले पछि परेको स्थिति उल्टाउँदै खेल जितेको हो।

वर्ल्डवाइडले गोल्डेन्स गर्ल्सलाई २–१ ले पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो।

उपाधिसहित कुमारीले ५० हजार, शिल्ड र मेडल हात पार्‍यो। दोस्रो भएको लेडी लायन्सले २० हजारमा चित्त बुझायो।

लेडी लायन्सका इन्दिरा राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भईन्। उनले दि लाष्ट रिसोर्टबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियेगिताभर कुल ११ गोल गरेका कुमारीका मनिषा थापामगर सर्वाधिक गोलकर्ता भईन्। कुमारी फुटसलकै सुस्मिता सिंह ठकुरी उत्कृष्ट गोलरक्षक घोषित भईन्।

विजयी खेलाडीहरुलाई नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जन र कुमारी फुटसलका सञ्चालक तथा फुटसल व्यवसायी संघका सचिव राजनलाल महर्जनले पुरस्कृत गरे।

एकदिने प्रतियोगितामा विभिन्न १६ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell