.png)
काठमाडौं : त्रिभुवन आर्मीले क्वीक्स होम एण्ड अवे बासकेटबल लिगमा लगातार छैटौँ जित हासिल गरेको छ।
लिग अन्तर्गत शनिवार घरेलु कोर्टमा भएको खेलमा आर्मीले जेभिएर इन्टरनेशनल कलेजलाई ९२-५९ को स्कोरमा हरायो। आर्मीको जितमा सर्वाधिक ३३ अंक स्कोर गरेका रविन खत्री म्यान अफ दि म्याच भए।
लिगमा अपराजित रहदै ६ खेलबाट १८ अंक जोडेको आर्मी शीर्ष स्थानमा आसिन छ।
शनिवारै भएको अर्को खेलमा विशाल मिलन केन्द्रले गोल्डेनगेट इन्टरनेशनल कलेजलाई उसैको कोर्टमा ८२-८२ ले पराजित गर्यो। विशाल मिलन केन्द्रलाई जिताउन विशाल गुरुङले ३१ अंक स्कोर गरे। उनी खेलको म्यान अफ दि म्याच भए।
जितपछि विशाल मिलन केन्द्रले ६ खेलबाट ४ मा जित र २ मा हारको नतिजा निकाल्दै १२ अंक जोडेको छ।