PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पाल्पामा जीप दुघटना : दुई जनाको मृत्यु, ५ घाइते



चन्द्रकान्त खनाल

पाल्पामा जीप दुघटना : दुई जनाको मृत्यु, ५ घाइते

रुपन्देही : तानसेन नगरपालिका–१२ विरपोखरामा शनिवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै पाँच जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यलय पाल्पाका अनुसार पाल्पा सदरमुकामबाट लुहुङतर्फ जाँदै गरेको लु १ ज १९३८ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परि तानसेन–१२ का ५६ वर्षीय चित्रबहादुर थापा र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ६८ वर्षीया खिमकुमारी सारुको मृत्यु भएको प्रहरीको भनाई छ।

अन्य ४ जनाको पाल्पास्थित मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

जीप सडकबाट झण्डै १ सय २० मिटर तल खसेको र जीप कसरी दुर्घटना भएको भन्नेबारे अनुसन्धान भैरहेको ट्राफिक प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell