भक्तपुर: अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बा ९२ प ४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
काठमाडौँबाट जगातीतर्फ जाँदै गरेको बा ९२प ४६४ नंको मोटरसाइकल र बा ६१ प ४१५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा श्रेष्ठको मृत्यु भएको र अर्को बा ६१ प ४१५ नंको मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए। रासस