PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

लुम्बिनी खुल्ला दिसामुक्तः ५० लाख पर्यटक भित्र्याउने र मेट्रो रेल गुडाउने मुख्यमन्त्री पोखरेलको योजना



चन्द्रकान्त खनाल

लुम्बिनी खुल्ला दिसामुक्तः ५० लाख पर्यटक भित्र्याउने र मेट्रो रेल गुडाउने मुख्यमन्त्री पोखरेलको योजना

रुपन्देहीः बुद्धजन्मस्थल लुम्बिनीमा रहेकोे लुम्बिनी साँस्कृतिक नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। विश्व शान्तिको मुहान लुिम्बनीमा रहेको नगरपालिकालाई ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खुल्ला दिसामुक्त घोषणा गरे। सभामा मुख्यमन्त्री पोखरेलले सभ्यताको मुख्य आधार सरसफाई भएकाले लुम्बिनीलाई सधै स्वच्छ, सफा सुन्दर बनाइराख्नु पर्ने बताए।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा पाँच बर्षमा ५० लाख पर्यटक भित्रयाई अर्थिक सम्बृद्धिको ढोका खोल्ने पाँच नं प्रदेशको प्रमुख लक्ष्य रहेको सुनाए। उनले लुम्बिनी आउने पर्यटकको बसाई अवधि बढाउन बिशेष कार्यक्रम र योजना ल्याउने बताउदै लुम्बिनी बृहत्तर क्षेत्रको विकासका लागि रुपन्देही, कपिलबस्तु तथा नवलपरासीमा मेट्रो ट्रेन गुडाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा  राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्याय प्रदेश सदस्यहरु फकरुद्दीन मुसलमान,अष्टभुजा पाठक, भुमिश्वर ढकाल लुम्बिनी सांस्कृतिक नगरपालिका नगरप्रमुख मनमोहन चौधरी, कार्यकारी अधिकृत मोहन पौडेल, स्थानीय महिला नेतृ लक्ष्मी मिश्रा लगायतले वोलेका थिए।
नगरपालिकाका नौ हजार नौसय २१ घरधूरीमा चर्पी निर्माण खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell