
इन्डियन प्रिमियर लिग आइपीएलको ११औँ संस्करणका लागि कोलकता नाइटराइडर्सले दिनेश कात्तिकलाई नयाँ कप्तान बनाएको छ।
यसअघि दुई पटक टिमलाई च्याम्पियन बनाएका गौतम गम्भिरलाई कोलकताले नयाँ सिजनका लागि रिटेन नगरेपछि साहरुख खानको टोली नयाँ कप्तानको खोजीमा थियो।
कप्तानको दाबेदारीमा रहेका अर्का सिनियर खेलाडी रोविन उथापालाई उप-कप्तानमा राख्दै कातिकलाई कप्तान चयन गरिएको हो।
कात्तिकले यसअघि पाँच फरक फ्रेन्चाइजबाट आइपीएल खेलिसकेका छन्। उनले दिल्ली डेयरडेभिल्स, किंग्स-११ पञ्जाव, मुम्बई इन्डियन्स, रोएल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्सबाट खेलिसकेका छन्।
दिनेशले अब कोलकताका सफल कप्तानको छवि बनाएका गम्भिरको स्थान लिनेछन्।
कोलकताले कात्तिकलाई अक्सनमा ७ करोड ४० लाखमा किनेको थियो।
कप्तान चयन भएपछि दिनेश कात्तिकले यो आफ्नो लागि सम्मान भएको र नयाँ च्यालेन्जको लागि तयार भएको बताएका छन्।
आइपीएलकै सफलमध्ये एक फ्रेन्चाइज कोलकता नाइटराइडर्सको लागि प्रतिनिधितव गर्नु पाउनु मेरो लागि सम्मान हो। म नयाँ चुनौतीका लागि तयार छु।' कात्तिकले भने। 'म अनुभवी र युवा खेलाडीको मिश्रण रहेको टोलीबाट उत्साहित छु। केकेआर ब्रान्ड रिप्रिजेन्ट गर्को लागि म आफ्नो बेस्ट दिनेछु।'