PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सभामुखको निर्वाचन २६ गते: २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने



पहिलोपोस्ट

सभामुखको निर्वाचन २६ गते: २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने

काठमाडौं: संघीय संसदमा सहभागी पाँच राष्ट्रिय दलका नेताहरुबीच संसद सचिवालयले छलफल गरेको छ।

आइतबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसदको सचिवालयमा भएको छलफलमा दलहरुबीच सभामुखको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतका विषयमा सहमति भएको हो।

दलहरुले २६ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए।

अर्यालका अनुसार फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने सहमति पनि भएको छ।

यसैगरी राष्ट्रिय सभा र प्रतिनिधि सभा सञ्चालन कार्यविधि पनि पारित भएको आर्यालले बताए। बैठकमा पाँच दलका नेता सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell