
काठमाडौं: म्युजिक भिडियो निर्देशक निकेश खड्काले पछिल्लो समय कथात्मक भिडियो निर्माणलाई जोड दिएका छन्। ‘बहुला’, ‘छोरी अन्माउँदा’ लगायतका कथात्मक भिडियो बनाएका उनले नयाँ गीति भिडियो ‘मुखौटा’ निर्देशन गरेका छन्। गीतको भिडियोले बैंक लुट्नेहरुको कथा देखाउँछ।
निर्देशकले आफ्नो उक्त भिडियो फिल्म 'लुट'को संस्करणहरुबाट प्रभावित रहेको बताए। बैंक लुटेर सहकर्मीको हत्या गरेपछि पैसा नक्कली भएको थाहा पाउने पात्र र त्यसपछि सिर्जना हुने स्थिति फिल्ममा देखाइएको छ।
सनुप पोखरेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष वशिष्टको शब्द र कल्याण सिंहको संगीत छ। भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङको अभिनय छ। बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालले सम्पादन गरेका हुन्।