
क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिडले ला लिगामा गेटाफेलाई ३-१ ले पराजित गरेको छ।
घरेलु मैदानमा गारेथ बेलले २४औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। रोनाल्डोले दुवै हाफमा १-१ गोल गरे।
४७औँ मिनेटमाच लोइक रेमी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दश खेलाडीमा झरेको गेटाफेका लागि ६५औँ मिनेटमा फ्रान्सिस्को पोर्टिलोले पेनाल्टीमा एक गोल गरे।