PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अस्थायी शिक्षकको माग: हामीले पनि आन्तरिक परीक्षा दिन पाउनुपर्छ



पहिलोपोस्ट

अस्थायी शिक्षकको माग: हामीले पनि आन्तरिक परीक्षा दिन पाउनुपर्छ

काठमाडौं: अस्थायी शिक्षकहरुले सबै खाले शिक्षकहरुलाई अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षामा सहभागी हुन दिनु पर्ने माग गरेका छन्। 
अस्थायी शिक्षकहरुको पुनरुत्थानवादी समूहले राजधानीमा पत्रकार सम्मेलन गरी सबै खाले शिक्षकहरुलाई परीक्षामा बञ्चित गराउन नहुने बताएका हुन्। 

शिक्षक सेवा आयोगले लाईसेन्स नभएका अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुन नदिए पछि उनीहरु आन्दोलित छन्। 

‘हामीहरुले अध्यायपन गराउँदा लाईसेन्सको व्यवस्था गरिएको थिएन,’ अस्थायी शिक्षक टीकाबहादुर घर्तीले भने, ‘अहिले लाईसेन्स नभएको भन्दै अस्थायी शिक्षकलाई आन्तरिक परिक्षा दिनबाट बञ्चित गराईएको हो।’

उनले २०/२२ बर्षदेखि अध्यापन गराउदै आएका अस्थायी शिक्षकहरुलाई आन्तरीक परिक्षामा सहभागि हुन नदिनु न्याय संगत नभएको बताए।

लामो समय देखि अध्यापन गराउदै आएका अस्थायी शिक्षकलाई लाईसेन्स, तालिम वा अन्य कुनै बाहानमा आन्तरीक परिक्षा दिनबाट बञ्चित गरिन नहुने तर्क अस्थायी शिक्षकहरुको पक्षमा वकालत गर्दै आएका अधिवक्ता कोषराज काफ्ले गरे। 

उमेर हदको कारणले आन्तरीक परिक्षामा सहभागी हुन नसक्ने अस्थायी शिक्षकहरुलाई सेवा सुविधा सहितको अवकाश दिनु पर्ने पनुरुत्थानवादी समुहको माग छ। 

शिक्षक सेवा आयोगले आवश्यक शिक्षकहरुको दरबन्दी भन्दा कम विज्ञपन गर्ने गरेको भन्दै आपत्ति जनाएका छन्। आयोगले आवश्यक शिक्षक दरबन्दीको लागि आन्तरिक परीक्षाको विज्ञापन गर्नुपर्ने तर्फ जोड दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell