PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

निता थापा मगरको ‘बाढुल्की लाग्छ’ सार्वजनिक



पहिलोपोस्ट

निता थापा मगरको ‘बाढुल्की लाग्छ’ सार्वजनिक

काठमाडौं: गायिका निता थापा मगरको नयाँ गीत सार्वजनिक भएको छ। 'बाढुल्की लाग्छ' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो।

सार्वजनिक गीतमा संगीतकार राजनराज सिवाकोटीको संगीत छ भने डिपी खनालले शब्द दिएका हुन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नितासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना फिचरिङमा छन्।

उत्सव दहालले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell