
लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिवार भएको खेलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै लिभरपुलले अंक तालिकामा म्यानचेष्टर युनाइटेडलाई पछि पारेको हो।
लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले गोल गरे।
जितपछि २९ खेलबाट ६० अंक जोडेको लिभरपुलले एक खेल कम खेलेको युनाइटेडलाई १ अंकले पछि पारेको हो।
यस्तै होन सन मिनले दुई गोल गरेपछि टोटनहमले हडर्शफिल्ड टाउनलाई २-० ले नै पराजित गरेको छ।
जितपछि २८ खेलबाट ५८ अंक जोडेको टोटनहम चौथो स्थानमा यथावत छ।