PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : जिम्बावेले टस जितेर ब्याटिङ रोज्यो, ललित राजवंशीको डेब्यु



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : जिम्बावेले टस जितेर ब्याटिङ रोज्यो, ललित राजवंशीको डेब्यु
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले आज पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग खेल्दैछ। क्वीन्स स्पोर्ट्स क्लबमा हुने खेलमा घरेलु टोली जिम्बावेले टस वितेर पहिले ब्याटिङ रोजेको छ।

यता पहिलो पटक नेपालको सिनियर टोलीमा स्थान बनाएका स्पीनर ललित नारायण राजव्शीले जिम्बावे विरुद्ध डेब्यु गर्ने भएका छन्। नेपालले जिम्बावे विरुद्ध सिमर करण केसीको स्थानमा ललितलाई राख्दै ३ जना स्पीनर खेलाउन लागेको छ। सोमपाल कामी एक्लो सिमरका रुपमा खेल्दैछन्।
 

नेपाली टोली : पारस खड्का (कप्तान), दीपेन्द्र ऐरी, सोमपाल कामी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, ललित राजवंशी, बसन्त रेग्मी, आरिफ शेख, शरद भेषावर

जिम्वावेको टोली : ग्रेम क्रिमर (कप्तान), तेन्डाई चटारा, क्रेग इर्भिन, केल जर्भिस, ह्यामिल्टन मसाकान्डा, सोलोमन मुरे, सिकन्दर राजा, ब्रेन्डन टेलर, ब्राइन भिटोरी, माल्कोल वालर, सेफास जुवाव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell