PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कांग्रेस संसदीय दलको नेता बन्न देउवा सर्वसम्मतको प्रयासमा



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको नेता बन्न देउवा सर्वसम्मतको प्रयासमा

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भोलि निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ।

साढे ४ बजे निर्वाचन समितिले मतदाता नामावाली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आज साँझ ७ : ३० बजेसम्ममा उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले भने आफूलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन प्रयास गरिरहेका छन्। भने पौडेल पक्षले भने उनलाई सर्वसम्मत हुनबाट रोक्ने प्रयास गरिरहेका छन्।

देउवाले यसअघि नै संसदीय दलको नेतामा उम्मेदवारी दिने बताइसकेका छन्। 'सभापतिले संसदीय दलमा सर्वसम्मतको प्रयास गरिरहनुभएको छ,' देउवाका स्वकीय सचिव भानु देउवाले भने, 'साँझ चारबजेसम्म सहमति नभए उम्मेदवारी दर्ता गर्नुहुन्छ।'

यता संसदीय दलमा नेताका प्रत्यासी प्रकाशमान सिंहले सर्वसम्मत देउवालाई छाड्न तयार छैनन्। सिंहले साँझ ६ बजे उम्मेदवारी दिने उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell