काठमाडौं : लेफ्टआर्म स्पीनर ललित नारायण राजवंशीले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु टुर्नामेन्टको पहिलो खेलमै डेब्यु गरेका छन्। ललितले नेपालको यू-१९ टोलीका लागि खेलिसकेका छन्।
आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत जिम्बावे विरुद्धको खेलमा ललितले नेपालको सिनियर टोलीका लागि पहिलो खेल खेल्दैछन्।
नेपाली टोलीका ब्याटिङ कन्सलट्यान्ट उमेश पटवालले ललितलाई डेब्यु क्याप हस्तानतरण गरे।
नामिबियामा भएको डिभिजन टू खेलेका टोलीमा ललितलाई थप्दै नेपालले जिम्बावे जाने टवली घोषणा गरेको थियो। र ललितले पहिलो टुर्नामेन्टको पहिलो खेलमै खेल्ने अवसर पाए। उनले युएई विरुद्धको वार्मअफ खेलमा २ विकेट समेत लिएका थिए।