PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सरकार र फोरमबीचको वार्तामा निष्कर्ष निस्केन: साँझ पुन: बस्ने



पहिलोपोस्ट

सरकार र फोरमबीचको वार्तामा निष्कर्ष निस्केन: साँझ पुन: बस्ने

काठमाडौं: संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा सत्तारुढ एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीच आज दिउँसो पनि वार्ता भएको छ। 

तर समय अभावका कारण विनानिष्कर्ष बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच केही बेर छलफल भएको थियो।

छलफल सकारात्मक भएको भन्दै थप छलफलका लागि आज साँझ पुनः बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले बताए।

संघीय संसदको शपथ ग्रहण पछि पुनः बैठक बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell