PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

राजेन्द्र खड्गीलाई कारागारमा राख्न अनुमति



पहिलोपोस्ट

राजेन्द्र खड्गीलाई कारागारमा राख्न अनुमति

काठमाडौं : मानव तस्करीको अभियोगमा पक्राउ गरेका कलाकार राजेन्द्र खड्गीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले खड्गीलाई शुक्रवार कारागार चलानको लागि अनुमति दिएको हो।

न्यायाधीश तेजनारायण पौडेलको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जेल चलान गर्ने आदेश दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले खड्गीलाई माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो।
कलाकार खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको अनुसन्धानमा खुलेको हो। खड्गीले एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको देखिएको हो।

खड्गीलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell