PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सात जनाको हत्या गरी फरार 'सिरियल किलर' सकिल कतारबाट नेपाल ल्याइयो



पहिलोपोस्ट

सात जनाको हत्या गरी फरार 'सिरियल किलर' सकिल कतारबाट नेपाल ल्याइयो

काठमाडौं: ७ जनाको हत्या अभियोगमा मोस्ट वान्टेड सूचीमा रहेका सकिल हुसेन कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। 

सिरियल किलरका रुपमा प्रहरीले खोजी गरिरहेको हुसेन दुई साता अगाडि कतारमा पक्राउ परेका हुन्।

सप्तरीका ४२ वर्षीय सकिल हुसेनको नाम २०७२ साल असार ७ गते नेपाल प्रहरीले इन्टरपोल रेड कर्नर नोटिसमा समावेश गरेको थियो। 

कसकसको हत्या गरेका थिए?


हुसेनले २०६९ असोज १ गते सप्तरीका सहबुद मियाँ र उनकी बुहारी (मोहमद आलमकी श्रीमती) सगिरा खातुनको हत्या गरेका थिए। 

२०७० असोजमा जन्डौल–६ को दुलारीदेवी साहको हत्या पनि हत्या गरेका थिए। 

२०७० चैत १ गते उनले त्रिकोल ५ बस्ने जयराम साहकी पत्नी निर्मलादेवी साहको हत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell