बलिउड फिल्म 'परी' पाकिस्तान प्रदर्शनमा रोक लागेको छ। अनुष्का शर्मा निर्मित तथा अभिनित फिल्मले मुस्लिम समुदायको भावनामाथि ठेस पुर्याएको भन्दै फिल्म ब्यान भएको हो।
बलिउडमा मिश्रित प्रतिक्रिया पाइरहेको हरर जनराको फिल्मलाई पाकिस्तानको फिल्म सेन्सर बोर्डले प्रदर्शनले रोक लगाएको हो। डस्ट्रिब्युटर न्यूप्लेक्स सिनेमाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो। पोस्टमा बिक्री भएको टिकेटको पैसा पुन: फिर्ता गर्ने पनि जनाइएको थियो।
पाकिस्तानमा फिल्म 'प्याड म्यान' पनि ब्यान भएको थियो। महिनावारीलाई अझै पनि कुरितीको रुपमा व्याख्या गरिने पाकिस्तानमा उक्त फिल्म देखाउन नमिल्ने कारण दिइएको थियो।
'परी'मा प्रोसित रोयको निर्देशन रहेको छ। उनको यो डेब्यु निर्देशन हो। फिल्ममा बंगाली स्टार परम्ब्रत चतर्जीको पनि अभिनय छ।