काठमाडौं: फिल्म‘हिरोज’ युनिटले प्रचारप्रसारका लागि एकसाथ फिल्मको ट्रेलर र चार गीत रिलिज गर्यो। फिल्ममा अभिनेत्री करिश्मा मानन्धर केन्द्रमा रहेकी छिन्। ४ वर्ष लामो प्रोडक्सन फेजमा रहेको फिल्मले हतारमा चैत २३ लाई रिलिज टार्गेट गर्यो। त्यसैले फिल्मका निर्देशक एनबी महर्जन, अभिनेता मुकेश ढकाल लगायतले प्रचारका लागि समय दिन पाएनन्। यस्तोमा करिश्मा मानन्धरले भने फिल्म युनिटलाई साथ दिएकी छिन्।
अभिनेत्री पूर्णिमा लामा निर्मित फिल्मको आइतबार कार्यक्रम आयोजना गरी प्रचार सामाग्री रिलिज गरेको छ। कार्यक्रममा करिश्माले भनिन्,'लामो ग्यापका कारण फिल्मको बारेमा धेरै कुरा भुलें। फिल्म राम्रो बनेको छ। आगामी अन्तर्वाताहरुमा फिल्मको बारेमा अझै धेरै बोल्छु।' फिल्मले बेरोजगारी र मानव बेचबिखनको मुद्दा उठान गरेको बताइन्।
फिल्ममा करिश्मा मानन्धरसँगै जयकिशन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।
शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई,कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ। फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन्।