PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नेपाललाई ३८१ रनको लक्ष्य, टेलर र राजाको शतक

नेपाललाई ३८१ रनको लक्ष्य, टेलर र राजाको शतक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विकेट किपर ब्रेन्डल टेलर र सिकन्दर राजाले शतक प्रहार गरेपछि आइसीसी वर्ल्ड कप क्वालिफायरमा जिम्बावेले नेपाललाई ३८१ रनको लक्ष्य पेश गरेको छ।

क्वीन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको हो। 

जिम्बावेले दिएको ३८१ रनको लक्ष्य नेपालका लागि अहिलेसम्मकै ठूलो हो। यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्री मा नेपाललाई अमेरिकाले ३६७ रनको लक्ष्य दिएको थियो र जवाफमा नेपालले २७२ रन बनाएको थियो।

जिम्बावेका लागि राजाले सर्वाधिक १२३ तथा टेलरले १० रन बनाए। दुवैलाई सोमपाल कामीले ४९औँ ओभरमा आउट गरेका थिए।

राजाले ६६ बल खेल्दै ७ चौका र ९ छक्का प्रहार गरे। यस्तै ९१ बल खेलेका टेलरले ७ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि सेफास जुवाव र सोलोमोन मरेले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। जुवावले ४१ तथा मिरेलेल ५२ रन जोडे।

यस्तै क्रेग इर्भिनले ३४ रन जोडे।

बलिङमा बसन्त रेग्मी र सोमपाल कामीले २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए। यसै खेलमार्फत नेपालको सिनियर टिममा डेब्यु गरेका ललित नारायण राजवंशीले १ विकेट लिए। 

फोटोहरु : रमन शिवाकोटी


आइसीसीबाट



ट्रेन्डिङ पोस्ट

Ncell