PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चार लाखसम्म खर्च गर्न पाउने



पहिलोपोस्ट

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चार लाखसम्म खर्च गर्न पाउने

काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि निर्वाचन खर्च सीमा निर्धारण गरेको छ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले प्रचार प्रसार गर्नको लागि निर्वाचन खर्च सीमा निर्धारण गरेको हो। 
 
राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले बढीमा चार लाख सम्म खर्च गर्न पाउने छन्। 

चार लाख रुपैयाँसम्म राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि खर्च गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell