PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आजै दुईपटक छलफल: स्वास्थ्य मन्त्रालयमा सहमति नजुटेपछि बिना निष्कर्ष टुंगियो सरकार - फोरम वार्ता



पहिलोपोस्ट

आजै दुईपटक छलफल: स्वास्थ्य मन्त्रालयमा सहमति नजुटेपछि बिना निष्कर्ष टुंगियो सरकार - फोरम वार्ता

काठमाडौं: संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा सत्तारुढ एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीचको वार्ता बिना निस्कर्ष टुङगिएको छ। 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको प्रधानमन्त्रीको  कार्यकक्षमा बसेको बैठक सकरात्मक रुपमा अगाडी बढे पनि विना निष्कर्ष टुङ्गिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए। 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक पनि विना निष्कर्ष स्थगित भएको थियो। 

स्वास्थ्य मन्त्रालयमा सहमति जुट्न नसक्दा दलहरु कुनै सहमतिमा पुग्न नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell