PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

अकूत सम्पत्ति मुद्दामा चुडामणि शर्माले बुझाए ४५ लाख धरौटी, साधारण तारेखमा रिहा



पहिलोपोस्ट

अकूत सम्पत्ति मुद्दामा चुडामणि शर्माले बुझाए ४५ लाख धरौटी, साधारण तारेखमा रिहा
फाइल फोटो

काठमाडौं : अकूत सम्पत्तिको मुद्दामा विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग ४५ लाख रुपैयाँ धरौटी मागेको छ। अदालतको माग अनुसार शर्माले आज इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएका छन्।

अकूत सम्पत्ती आर्जनसहित कर फर्छ्यौटको विषयमा शर्मालाई अख्तियारले गत जेठ महिनामा पक्राउ गरेको थियो।

शर्माको यो कर फर्छ्यौटभन्दा फरक मुद्दा हो। ४ करोड २९ लाखको बिगोमा विशेष अदालतले मागेको धरौटी उनले बुझाएका हुन्।  

विशेषले साधारण तारेखमा रहने गरी धरौटी माग गरेको थियो। अर्को मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ। न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीराज ढकालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

गत माघ १५ गते अख्तियारले शर्मा विरुद्ध ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको भष्टाचार मुद्दा दर्ता गराएको थियो। पटक पटक बयानका लागि बोलाउँदा स्वास्थ्य अवस्थालाई कारण बनाउँदै शर्माले छल्दै आएका थिए। शर्माले गैर कानुनीरुपमा आर्जन गरेको सम्पत्ति पत्नी कल्पना उप्रेती शर्माको नाममा राखेको तथा लुकाए/छिपाएकोसमेत अख्तियारले मुद्दामा उल्लेख गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell