
जिम्बावेमा आजदेखि सुरु भएको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ।
कलुम म्याकलेओडले नटआउट १५७ रन बनाएपछि स्कटल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेकफ अफगानिस्तानले २ बल अगावै अलआउट हादै २५५ रन बनाएको थियो। अफगानिस्तानका लागि मोहम्मद नावीले सर्वाधिक ९१ रन बनाए। बलिङमा ब्राड ह्विएल र रिची बेरिङटनले ३-३ विकेट लिए।
२५६ रनको लक्ष्य स्कटल्याण्डले ४७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। स्कटल्याण्डको जितमा म्याकलेओड एक्लैले नटआउट १५७ रन बनाए। १४६ बल खेलेका म्याकलेओडले २३ चौका र १ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि रिचि बेरिङटनसँग २०८ रनको साझेदारी गरेका थिए। बेरिङटनले ६७ रनको योगदान गरे। अफगानिस्तानका मुजिव उर रहेमानले २ तथा रसिद खानले १ विकेट लिए।