PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग नेपाल पराजित



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग नेपाल पराजित

काठमाडौं : आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ।

समूह बी अन्तर्गत क्वीन्स स्पोर्ट्स क्लब बुलावायोमा भएको खेलमा नेपाल ११६ रनले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको थियो। जिम्बावेका लागि ब्रेन्डन टेलर र सिकन्दर राजाले शतक प्रहार गरे। राजाले ६६ बल खेल्दै ७ चौका र ९ छक्का प्रहार गरे। यस्तै ९१ बल खेलेका टेलरले ७ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि सेफास जुवाव र सोलोमोन मरेले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। जुवावले ४१ तथा मिरेलेल ५२ रन जोडे। यस्तै क्रेग इर्भिनले ३४ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामी र बसन्त रेग्मीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले समान १ विकेट लिए।

जवाफमा अहिले सम्मै उच्च लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६४ रन बनायो। नेपालका लागि शरद भेषावकर आरिफ शेखले अर्धशतक प्रहार गरेपनि नेपालले उच्च लक्ष्य भेट्टाउन सकेन।

सँधै जस्तै यसपटक पनि नेपालको ओपनिङ जोडीले राम्रो गर्न सकेन। ओपनर दीलिप चौथो ओभरमै नाथ २ रन बनाएर आउट भए। त्यसपछि ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे। पारस ४० तथा ज्ञानेन्द्र ३२ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीले २३ रन जोडे। ११० रनमा ४ विकेट गुमाएको नेपालका लागि शरद र आरिफले पाँचौ विकेटमा ७३ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। शरदले नेपालका लागि सर्वाधिक ५२ रन बनाए भने आरिफले ५० रन जोडे।

यसैगरी रोहित कुमार पौडेलले ३० रन बनाए।

ब्याटिङमा शानदार पारी खेलेका राजाले बलिङमा पनि सर्वाधिक ३ विकेट लिए। ब्राएन भिटोरीले २ विकेट लिए।
 
समूह बी कै अर्को खेलमा स्कटल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ।

जिपछि समूह बी मा जिम्बावे र स्कटल्याण्डले समान २ अंक जोडेका छन्। नेपालले अर्को खेल मार्च ८ मा स्कटल्याण्डसँग खेल्नेछ।

यसैगरी समूह बी अन्तर्गत खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई डिएल मेथडमा ९३ रनले पराजित गरेको छ। भने युएईले पपुवा न्यूगिनीलाई डिएल मेथडमै ५६ रनले हराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell