
साविक विजेता चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले यस सिजनको प्रिमियर लिग जित्ने होडलाई मजबुत बनाउदै लगेको छ। बर्नार्डो शिल्भाको एक मात्र गोल मद्दतमा चेल्सीलाई आइतवार १-० ले हराउँदै लिग लिडर सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १८ अंकको अग्रता बनाएको छ।
घरेलु मैदान एतिहाड स्टेडियममा शिल्भाले दोस्रो हाफको सुरुमै गरेको गोल निर्णायक बन्यो।
२९ खेलबाट सिटीको ७८ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ। यस्तै एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ५९ अंकका साथ तेस्रो स्थानमा छ।
अब यस सिजन लिगमा ९ चरणको खेल बाँकी छ र यस्तोमा सिटीले १८ अंकको अग्रता कायम गरेको छ। बाँकी ९ खेलबाट १२ अंक मात्र जोडेपनि सिटी च्याम्पियन बन्नेछ। त्यसका लागि सिटीले अब ४ खेल मात्र जिते पुग्छ। अब लिभरपुल र युनाइटेडले बाँकी रहेको सबै खेल जितेपनि ८९ अंक भन्दा बढी जोड्न सक्दैन।
यसैगरी आइतवारै भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ ले पराजित भएको छ।