PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यतालिका



पहिलोपोस्ट

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौँः पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। अब्बासी दिउँसो २ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका छ।

प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा अपराह्न ५ बजे नेपाली सेनाले ’गार्ड अफ अनर’ दिने कार्यक्रम छ। यसअघि नेपाल आउने विदेशी विशिष्ठ व्यक्तिका लागि विमानस्थलको अति विशिष्ठ कक्ष बाहिर गार्ड अफ अनर प्रदान गर्ने प्रचलन थियो।

गार्ड अफ अनर ग्रहणपछि अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार प्रस्थान गर्नेछन्। प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा रात्रिभोज समेत आयोजना गरेका छन्।

मंगलबार बिहान ९ बजे अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। मंगलबार मध्याह्न उनी स्वदेश फर्कनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell