PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ



पहिलोपोस्ट

चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ

रुपन्देहीः जिल्ला प्रहरी कार्यलय रुपन्देहीले ठगीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । चिट्ठा परेको भन्दै मनी ट्रान्सफरबाट रकम पठाउन लगाइ ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा रुपन्देही सियारी गाउँपालिका १ का अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका १ का विराज भन्ने इवरार हुसेन शेष र मायादेवी गाउँपालिका ८ का राधेश्याम कोइरी रहेका छन्। उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ठगीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए।

गिरोहले बागलुङ बुर्तिवाङका नरवीर चलाउनेबाट ३० हजार तीन सय, वर्दिवासका नवीन कुमार राउतबाट  ३७ हजार पाँच सय, अमरदहका बसन्तकुमार राजवंशीबाट ३० हजार तथा काठमाडौँ चाबहिलकी टीकादेवी पुलामी मगरबाट ६० हजार ठगी गरेका थिए। १५ जनाभन्दा बढीसँग उनीहरुले २५ लाख रुपियाँ चिट्ठा परेको भन्दै रकम ठगी गरेका थिए। पीडितको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell