PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बसको ठक्करबाट पोखरामा दुई प्रहरी जवानको मृत्यु



नरहरि पौड्याल

बसको ठक्करबाट पोखरामा दुई प्रहरी जवानको मृत्यु

पोखराः पोखराको विजयपुरमा आइतबार भएको सवारी दुर्घटना दुई प्रहरीको मृत्यु भएको छ।

बागलुङबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ५७५८ नम्बरको बसले पोखरा आउँदै गरेको ग ११ प ३६४५ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई प्रहरी जवानको मृत्यु भएको हो।

मृत्यु हुनेमा वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशील बानियाँ र प्रदीपकुमार यादव रहेको कास्कीका प्रहरी प्रमुख अशोक सिहंले जानकारी दिए।

दुर्घटनापछि घाइते भएका उनीहरुलाई उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell