PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

टोलेदेखि नाइके गुन्डासम्मको विवरण उतार्दै काठमाडौं प्रहरी



पहिलोपोस्ट

टोलेदेखि नाइके गुन्डासम्मको विवरण उतार्दै काठमाडौं प्रहरी

काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएलगत्तै एसएसपी रवीन्द्र धानुकको पहिलो निशाना बने गुन्डा नाइके। उनले गत भदौ ९ गते घरमा बसिरहेका गुन्डा नाइके चक्रे मिलनलाई पक्राउ गरे। यसबीचमा उनी आलोचित समेत भए।

धानुकले पहिलो एक्सन गुन्डा नाइकेमाथि लिए पनि उनको कार्यकालमा राजधानी गुन्डाको त्रासबाट उछुतो भने रहेन।

एसएसपी धानुक अगाडिका काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीको पनि एउटै एक्सन थियो गुन्डा नाइके।

एसएसपी जोशीले त १६१ जना गुन्डा नाइकेको लिस्ट नै तयार पारेका थिए।

अहिले काठमाडौं परिसरको जिम्मेवारी सम्हालेका एसएसपी विश्वराज पोखरेल पनि काठमाडौंमा हुने गुन्डागर्दी नियन्त्रणमा जुटेका छन्। उनी अहिले राजधानीमा गुन्डागर्दी गर्दै आएका नयाँ गुन्डाको पहिचान गर्दै लिस्ट बनाउन लागेका हुन्।

एसएसपी पोखरेल भन्छन् 'मेरो कार्यकालमा गुन्डागर्दी नियन्त्रण गर्ने प्रयास गर्नेछु।'

पोखरेल अहिले राजधानीमा पुराना गुन्डा नाइकेहरुबाट भन्दा पनि नयाँ टोले डनहरुबाट आतंक फैलाउने काम भइरहेको दाबी गर्छन्। उनी भन्छन् 'पुराना गुन्डाले आफ्नो बाटो फेरिसकेका छन् कति विदेशमा छन् कति जेलमा अहिले नयाँ केटाहरु छन् तिनीहरुको पहिचान गर्नु छ।'

 

'नयाँ बस्तीमा बढ्दो गुन्डागर्दी'

उपत्यकामा काठमाडौं सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्छ। राजधानीका ठमेल, नयाँबजार, सामाखुसी, चक्रपथ, गोगंबु, कलंकी, सुन्धारा, दरबारमार्ग, गौशाला, बौद्धलगायतका क्षेत्रमा सबैभन्दा बढी अपराध हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ।

तर अहिले राजधानीभित्र थपिएका नयाँ बस्तीहरुमा टोले गुन्डा आतंक बढ्दै गएको छ। कपन, बुढानीलकण्ठ, धापासी,  नयाँ बसपार्क,  बालाजु, बाफल, कालिमाटी, थानकोट, कोटेश्वर क्षेत्र पछिल्लो समय गुन्डागर्दी बढी हुने क्षेत्रमा परिचित छन्।

यस क्षेत्रमा गुन्डागर्दीमा सक्रिय टोलेदेखि नाइके गुन्डाहरु समेत बसोवास गर्ने गरेको एक प्रहरी अधिकृत बताउँछन्।

लेखपढ नगर्ने युवाहरु साना–तिना चोरीबाट सुरु गरेर गुन्डागर्दीमा लाग्ने गरेको प्रहरीको भनाई छ। गुन्डागर्दीमा १६ देखि २५ वर्ष उमेर समूहका युवा बढी सक्रिय रहेको प्रहरी तथ्याङ्कले देखाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell