PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

प्रधानमन्त्री ओलीको व्यंग्यः एकता भाँड्ने चाहना सपनामा खाएको चकलेट जस्तै



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको व्यंग्यः एकता भाँड्ने चाहना सपनामा खाएको चकलेट जस्तै

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने प्रतिवद्धता जनाएका छन्। 

'हामीले विकास गर्न नसके अरुले पनि गर्न सक्दैन, देश निरास हुन्छ,' झापा आन्दोलनका पाँच शहीदहरुको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, 'शहीदलाई साक्षी राखेर भन्छु एमाले महान उदेश्यहरुमा दृढ छ, संकल्पित छ, जनताको समृद्धिको आकांक्ष पूरा गर्ने छौँ।'

एमाले-माओवादी एकतामा आशंका पैदा गराउने तत्व सक्रिय रहेको भन्दै उनले त्यसमा सफल हुन नसक्ने दाबी गरे। 'एकतामा आशंका पैदा गर्न सकिन्छ कि, फाटो ल्याउन सकिन्छ कि भनेर लागेका छन्,' उनले भने, 'यस्तो अपेक्षा नगरे हुन्छ, यो अपेक्षा सपनामा खाएको चक्लेट जस्तै हो व्यूँझिदा गुलियो भन्दा टर्रो हुन्छ।' 

उनले पार्टी एकतामा असाधारण उपलव्धी हासिल भएको भन्दै प्रतिगामीहरु यसबाट तर्सिएको दाबी गरे। एकताबाट एमालेलार्इ कसैले पछि फर्काउन नसक्ने उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell