PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

नेपालको पासपोर्ट विश्वकै सातौँ खराब



पहिलोपोस्ट

नेपालको पासपोर्ट विश्वकै सातौँ खराब

काठमाडौँः नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीको सातौँ नंम्बरमा परेको छ। हेन्ले पासपोर्ट सूचकांकमा नेपाल अन्तिमबाट सातौँ स्थानमा परेको हो। 

विभिन्न देशले जारी गर्ने पासपोर्टको विश्वव्यापी हैसियतको आधारमा २०१८ को फेब्रुअरी महिनामा प्राप्त तथ्यांकका आधारमा हेन्ले एण्ड पार्टनरले गरेको सर्भेक्षणमा नेपाल ९९ औँ स्थानमा परेको हो। नेपालसँगै समान ३६ अंक पाएर लिविया पनि ९९ औँ स्थानमा रहेको छ। 

यो अंक विश्वका अन्य मुलुकमा भिसारहित प्रवेश (अन दी अराइभल  भिसा) प्राप्त गर्ने देशको संख्या हो। नेपालले विश्वका ३६ वटा देशहरुमा अन द अराइभल भिसा पाउँदै आएको छ। 

कुल २०५ देशको सूचीमा नेपालल अन्तिमबाट सातौँ स्थानमा आएको हो। 

यो सूचीको शीर्ष स्थानमा जापान र सिङ्गापुर रहेका छन्। दुबै देशले १८० वटा देशमा अन दी अराइभल भिसा पाउँदै आएका छन्। त्यस्तै दोस्रो स्थानमा रहेको जर्मनीले १७९ अंक प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेका फ्रान्ससँगै इटाली, स्पेन, डेनमार्क, फिनल्याण्ड, स्वीडेन, दक्षिण कोरिया रहेका छन्। यी देशले १७८ अंक प्राप्त गरेको छन्। 

चौथोमा १७७ अंक प्राप्त गरी पोर्तुगल, अष्ट्रिया, संयुक्त अधिराज्य, नर्वे, लक्जेम्बर्ग, नेदरल्याण्ड रहेका छन्। त्यस्तै क्यानडा, स्वीट्जरल्याण्ड, आयरल्याण्ड र संयुक्त राज्य १७६ अंकका साथ पाँचौ स्थानमा रहेका छन्। 

पासपोर्ट सूचकांकको पुछारमा अफगानिस्तान रहेको छ। उसले २४ अंक प्राप्त गरेको छ। त्यस्तै इराक पुछारबाट दोस्रो र सिरिया तेस्रो स्थानमा रहेको छ। यी देशहरुले क्रमशः २७, २८ अंक प्राप्त गरेका छन्। 

दक्षिण एसियाका अर्को देश पाकिस्तान सूचीमा १०२ औँ स्थानमा रहेको छ। जुन सूचीको पुछारबाट चौँथो स्थानमा रहेको छ। उसले ३० अंक प्राप्त गरेको छ।  बंगलादेश सूचकांकको ९७ औँ स्थानमा छ। ३८ अंक प्राप्त गरेको बंगलादेशको पासपोर्ट ९ औँ खराब पासपोर्टमा दरिएको छ। 

त्यस्तै श्रीलंका ४२ अंकका साथ ९४ औँ स्थानमा रहेको छ। उसको पासपोर्ट १२ औँ खराब पासपोर्ट बनेको छ। 

त्यस्तै भुटानले ५२ अंकका साथ ८५ औँ स्थानमा आफूलाई उभ्याएको छ। भारत ५६ अंकका साथ ८१ औँ स्थानमा रहेको छ। 

मालदिभ्सले ८३ अंक प्राप्त गरेको छ। पासपोर्ट सूचकांकमा उ ५९ औँ स्थानमा परेको छ। 

यता उत्तरी छिमेकी चीन ६४ अंकका साथ ७४ औँ स्थानमा रहेको छ। यस्तैमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ १३२ अंकका साथ ३३ औँ स्थानमा रहँदा अर्को चिनियाँ प्रशासनिक क्षेत्र हङकङ १६१ अंकका साथ १६ औँ स्थानमा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell