PahiloPost

Jun 15, 2026 | १ असार २०८३

रेडकर्नर नोटिसमा रहेका डिमेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो



पहिलोपोस्ट

रेडकर्नर नोटिसमा रहेका डिमेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं:  फरार सूचीमा रहेका एक युवकलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ। 

नेपाल प्रहरीको इन्टरपोल शाखाले लोडु डिमेलाई सोमबार बिहान एयर इन्डियाको फ्लाइटबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए।

डिमेलाई अवैध रुपमा वन्यजन्तुको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा पुनराबेदन अदालत पाटनले २०७१ फागुन १२ गते पाँच बर्ष कैद फैसला सुनाएको थियो। इन्टपोल शाखाले डिमेलाई गत माघ २२ गते रेड कर्नर नोटिस जारी गरी खोजी गरिरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell