PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

शिलास्मा बनिन् 'ब्युटिसियन नेपाल २०१८'



पहिलोपोस्ट

शिलास्मा बनिन् 'ब्युटिसियन नेपाल २०१८'

काठमाडौं: 'ब्युटिसियन नेपाल २०१८'को उपाधी शिलास्मा मल्लले हात पारेकी छिन्। प्रतियोगिताको यो चौथो संस्करणमा अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी शीर्ष विजेता बनेकी हुन्।  

सौन्दर्य प्रतियोगिताको फस्ट रनर्सअपमा सविना चित्रकार घोषित भइन् भने सेकेन्ड रनर्सअप बिना श्रेष्ठ भइन्। 

अमेजन इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा अनलाइन भोटिङमार्फत मिसेस पब्लिक च्वाइस अवार्ड र बेस्ट ट्यालेन्ट विजेता शिलास्मा मल्लले नै हात पारिन्। बेस्ट पर्सानालिटीमा मिट्ठु महर्जन, फोटोजेनिक प्रतिक्षा अधिकारी, बेस्ट कम्प्लेक्सन गंगा खड्का, मस्ट पङ्चुवलमा देवी श्रेष्ठ, मस्ट डिसिप्लिनमा सविना खत्री, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस्समा सुनिता पोखरेल, मस्ट स्मार्टमा सविना चित्रकार, मस्ट चार्मिङमा सम्झना शेर्पा, मस्ट एक्टिभमा लिना खेबाङ सुब्बा, मस्ट स्टाइलिस सविना नेपाली र मस्ट पपुलरको एवार्ड कल्पना गुरुङले हात परेका थिए। 

मिस नेपाल २००० उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डाक्टर रेखा थापा, मिसेस हिमालयन नेपाल २०१८ बिजेता गोमा अधिकारी निर्णायक रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell