PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

४४ मत पाउँदै कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित



पहिलोपोस्ट

४४ मत पाउँदै कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। देउवाले ४४ मत पाए भने प्रकाशमान सिंहले १९ मत पाएका छन्। देउवा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बन्ने भएका छन्।

नेपाली कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज भएको मतदान भएको थियो। 

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन। सबै सांसद मतदानमा सहभागी भएको कांग्रेस केन्द्रीय कार्यालयका सुचना अधिकारी केशव रिजालले जानकारी दिए। 

निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell