
काठमाडौं: फिल्म 'गाँजा बाजा' युनिटलाई सर्वोच्च अदातलले प्रदर्शन अनुमति दिएसँगै फिल्मले गीत, ट्रेलर, पोस्टर लगायत प्रचार सामाग्री सार्वजनिक गर्यो। फागुन २५ लाई रिलिज टार्गेट तय गरेपछि फिल्म युनिटले प्रचारप्रसारलाई तिव्र बनाइयो। यतिखेर फिल्म युनिट मोफसल यात्रामा छ।
नाम दर्ता प्रक्रियाका कारण एक वर्ष कानुनी झमेलामा परेको फिल्म 'गाँजाबाजा' युनिटले फिल्म सामाजिक संदेश नै प्रवाह गर्ने दाबी गर्दै आएको छ। चलचित्र विकास बोर्डले फिल्मको नाम लागू पदार्थ सम्बन्धी भएको भन्दै दर्ता गर्न नमानेपछि निर्माण युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
अब भने फिल्म रिलिज हुने पक्का भएको भन्दै फिल्म युनिट देशको मुख्य सहरहरुमा फिल्मको विषय, कलाकारको भूमिका बारे दर्शकलाई बुझाउन हिडेका छन्।
गणेशदेव पाण्डले लेखेको फिल्ममा अनुपम शर्मा ,सुशील सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ। कमेडी जनराको फिल्मलाई गणेशदेव पाण्डेले नै निर्देशन गरेका हुन्।
डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रत्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ।