PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चीनको सैन्य बजेट भारतकोभन्दा तीन गुना ठूलो, सुरक्षामा ८.१ प्रतिशत बजेट वृद्धि



पहिलोपोस्ट

चीनको सैन्य बजेट भारतकोभन्दा तीन गुना ठूलो, सुरक्षामा ८.१ प्रतिशत बजेट वृद्धि

बेइजिङ : चीनले आज सार्वजनिक गरेको बजेटमा सैन्य खर्च ८.१ प्रतिशतले वृद्धि गरिएको छ। वृद्धिसँगै यस वर्ष चीनले सुरक्षामा चीनले १ सय ७५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ। चीनको सैन्य बजेट भारतीय रक्षा बजेटभन्दा तीन गुना बढी हो। चीनले सैन्यशक्तिलाई आधुनिक बनाउने भन्दै बजेट बढाएको हो।

चीनले गत वर्ष अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतमात्रै सैन्य बजेट बढाएको थियो। यसपाला पोहरभन्दा १.१ प्रतिशत बजेट बढोत्तरी गरेको हो। 

चीनको नेसनल पिपुल्स कंग्रेसमा पेश गरिएको बजेट चिनियाँ मुद्रा युआनमा १.११ ट्रिलियन हो। 

चीन विश्वमा अमेरिका पछि सैन्य बजेट धेरै भएको मुलुक हो।
 

जिडिपीमा ६.५ प्रतिशतको लक्ष्य

चीनले यस वर्ष कूल ग्राहस्थ उत्पादन (जिडिपी)मा ६.५ प्रतिशतको लक्ष्य लिएको छ। सन् २०१७ मा पनि उसको यही लक्ष्य थियो। यद्यपि लक्ष्यभन्दा बढी ग्रोथ सन् २०१७ मा भयो। १३औं नेसनल पिपुल्स कंग्रेसको पहिलो सेसनमा ली ख छ्याङले जिडिपीको दर तय गरेको रिपोर्ट पेश गरेका हुन्।

चीनले महँगी दर ३ प्रतिशतमा कायम राख्ने तथा १ करोड १० लाख नयाँ शहरी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। शहरी क्षेत्रमा वेरोजगारी दल ५.५ प्रतिशतमा रहने अपेक्षा गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell