PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

छैठौं मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै



पहिलोपोस्ट

छैठौं मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं: मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१८ हुने भएको छ। महोत्सवको छैठौं संस्करण यहि फागुन २३ गतेदेखि २६ गतेसम्म नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाडौंमा हुने भएको हो।

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले आयोजना हुने भनिएको महोत्सवको उद्घाटन बुधबार २३ गते लाइभ सांगीतिक कार्यक्रमबाट सुरु हुने  बताइएको छ। राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष अनुपराज शर्माको अध्यक्षतामा हुने महोत्सवको सुरुवात फिल्म 'जब म खस्छु'बाट हुनेछ। फिल्मलाई बेलायती फिल्मकर्मी स्काई नेयलले निर्देशन गरेका हुन्। फिल्मले महिला अधिकारको वकालत गर्छ।

विश्वभरिबाट खुला आवेदनबाट संकलन गरिएकामध्य ७० भन्दा बढी वृत्तचित्र, छोटा चलचित्र, एनिमेटेड फिल्म लागयत प्रदर्शन हुने छन्। नेपालबाट मात्रै २० वटा फिल्म महोत्सवमा देखाइने जानकारी दिइयो।

चलचित्र महोत्सवले राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ (युएन) गर्भनेन्स फ्यासिलिटी, जर्मनी दुतावाससँग सहकार्यको गरेको छ। महोत्सवमा फिल्म प्रदर्शनसँगै विविध विषयमाथि अन्तक्रिया समेत हुने आयोजक पाण्डव खत्रीले बताए। भने,'महोत्सवमा ३० भन्दा बढी महिला सशक्तिकरण केन्द्रित चित्रकला प्रदर्शनमा राखिने छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell